Logo

विदेशी विनिमय सञ्चिति २३ खर्ब ६९ अर्ब नाघ्यो, १७ महिनाको वस्तु आयात धान्ने

विदेशी विनिमय सञ्चिति २३ खर्ब ६९ अर्ब नाघ्यो, १७ महिनाको वस्तु आयात धान्ने



काठमाडौं । नेपालको कुल विदेशी विनिमय सञ्चिति २३ खर्ब ६९ अर्ब ८ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, २०८१ माघ मसान्तसम्म गत आवको असार मसान्तसम्मको तुलनामा संचिति १६.१ प्रतिशतले वृद्धि हुँदै उक्त विन्दुमा पुगेको हो ।

२०८१ असार मसान्तमा यस्तो संचिति २० खर्ब ४१ अर्ब १० करोड थियो । अमेरिकी डलरमा पनि विदेशी विनिमय सञ्चिति ११.७ प्रतिशतले वृद्धि भई १७ अर्ब ५ करोड पुगेको छ।

नेपाल राष्ट्र बैंकको सञ्चिति २०८१ माघ मसान्तमा २१ खर्ब ५ अर्ब १४ करोड पुगेको छ, जुन १३.९ प्रतिशतले बढी हो । बैंक तथा वित्तीय संस्थामा रहेको सञ्चिति भने ३७.१ प्रतिशतले वृद्धि भएर २ खर्ब ६३ अर्ब ९३ करोड पुगेको छ।

नेपालको विदेशी विनिमय सञ्चितिको विशेषतः भारतीय मुद्राको अंश २२ प्रतिशत रहेको छ। यस आधारमा, २०८१ माघ मसान्तको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This