Logo

उपभोक्ता नहुँदा मुद्रास्फीतिमा गिरावट, गैरखाद्य वस्तुको मूल्य अत्यधिक घट्यो

उपभोक्ता नहुँदा मुद्रास्फीतिमा गिरावट, गैरखाद्य वस्तुको मूल्य अत्यधिक घट्यो



काठमाडौं । चालु आर्थिक बर्षको माघ महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१६ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो ७ महिनाको तथ्यांक अनुसार गत आर्थिक बर्षको सोही महिनामा यस्तो मुद्रास्फीति घटेको हो । खासगरी पछिल्लो समय नेपालमा उपभोक्ताको कमी भएसँगै वस्तुको मूल्यमा लगातार गिरावट आईरहेको देखिन्छ ।

बार्षिक ४ देखि ५ लाख जना नेपाली श्रमकै लागि विदेशिने गरेको राष्ट्र बैंककै तथ्यांक छ । त्यसमाथि नयाँ युवा पुष्ता पनि १२ कक्षापछि पढ्ने शिलशिलामा विदेशिने गरेको प्रवृत्तिले नेपालमा दिनानुदिन उपभोक्ता घटिरहेका छन् । गत आवको यहि अवधिमा बार्षिक विन्दुगत मुद्रास्फीति ५.०१ प्रतिशतथियो । तथ्यांक अनुसार यस महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७४ प्रतिशत रहेको छ।

विशेषतः खाद्य समूहको अन्तर्गत घ्यू तथा तेलको मूल्य सूचकाङ्क १२.८० प्रतिशतले बढेको छ, जबकि मरमसला उपसमूहको मूल्य सूचकाङ्क २.९८ प्रतिशतले घटेको छ। साथै, गैर–खाद्य वस्तु तथा सेवाहरुको मूल्यमा पनि उल्लेखनीय गिरावट देखिएको छ। विभिन्न वस्तु र सेवाका मूल्यमा १०.९१ प्रतिशतको वृद्धि भएको छ भने कपडाजन्य तथा जुत्ताचप्पलको मूल्यमा ५.३६ प्रतिशतको वृद्धि भएको छ।

ग्रामीण र सहरी क्षेत्रको बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्कको तुलनामा पनि फरक देखिएको छ। जहाँ ग्रामीण क्षेत्रको मुद्रास्फीति ४.७३ प्रतिशत छ भने सहरी क्षेत्रको ३.९६ प्रतिशत रहेको छ। प्रदेशगत रुपमा, कोशी प्रदेशमा ६.१५ प्रतिशतको उच्च मुद्रास्फीति दर देखिएको छ भने कर्णाली प्रदेशमा ४.०५ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This