Logo

सरकारले निजी क्षेत्रलाई निरुत्साहित गर्नु हुँदैन : अध्यक्ष ढकाल

सरकारले निजी क्षेत्रलाई निरुत्साहित गर्नु हुँदैन : अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग व्यवसायीलाई र, वा, कमा जस्ता नीतिगत कारणले निरूत्साहित गर्न नहुने स्पष्ट पारेका छन् । आज काठमाडौंमा आयोजित श्रम तथा रोजगार सम्मेलनलाई सम्बोधन गर्दै उनले अधिकांश रोजगारीको सिर्जना गर्ने निजी क्षेत्र भएको दाबी पनि गरे।

अन्तर्राष्ट्रिय श्रम संगठनको प्रतिवेदनले ८६ प्रतिशत रोजगारको सिर्जना निजी क्षेत्रले गरेको जिकिर अध्यक्ष ढकालको थियो । उनले भने, ‘रियल रोजगारी सिर्जना गर्ने प्राइभेट सेक्टर नै हो। आएलओका अनुसार करिब ८६ प्रतिशत रोजगारीको सिर्जना निजी क्षेत्रले दिएको छ । हामीले पहिलो प्राथमिकता उद्योग व्यवसाय बढाउने किसिमको वातावरण बनाउनु पर्‍यो ।’

उनले थपे, ‘नेपाल सरकारका पोलिसी मेकरहरू यहाँहरूले वास्तवमा के गर्नु पर्‍यो भने र, वा, कमा, फुलस्टपको कारणबाट निजी क्षेत्रलाई डिसकरेज गर्नु भएन। श्रम मन्त्रालयद्वारा आयोजित यो कार्यक्रममार्फत म पोलिसी मेकरहरूलाई आग्रह गर्न चाहन्छु जब निजी क्षेत्रले निर्धक्कसँग काम गर्न सक्छ निर्धक्क रूपले उद्यमशीलता बढाउन सक्छ तब मात्रै रोजगारीको अवसर प्राप्त हुने भएको हुनाले त्यो वातावरण सिर्जना गर्नका लागि म आग्रह गर्न चाहन्छु ।’ अध्यक्ष ढकालले उद्योग व्यवसाय बढाउन सकिने वातावरण निर्माण गर्नसके रोजगारी वढाउन सकिने र सोचे जस्तै पारिश्रमिक र सुविधा व्यवस्था गर्न सकिने पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This