Logo

एक करोड धरौटी खारेजीको माग गर्दै रवि लामिछाने पुगे उच्च अदालत

एक करोड धरौटी खारेजीको माग गर्दै रवि लामिछाने पुगे उच्च अदालत



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने एक करोड धरौटी खारेजको माग लिएर उच्च अदालत बुटवल पुगेका छन् । सुप्रिम सहकारी ठगी प्रकरणमा उनलाई जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटी माग गरको थियो ।

उनी बैंक ग्यारेन्टी राखेर रिहा भएका थिए । उनले आज उच्च अदालत पुगेर धरौटी खारेज गरेर सामान्य तारेखमा छाड्नुपर्ने माग गरेका छन् । लामिछानेलाई थुनामै राख्नुपर्ने माग गर्दै सरकारी वकिल कार्यालय यसअघि नै उच्च अदालतमा पुगिसकेको छ । दुवै पक्ष उच्च पुगेपछि यसलाई ‘७३’ नम्बरअन्तर्गत अगाडि बढाइने उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिएका छन् ।

‘दुवै पक्ष जिल्ला अदालतले गरेको आदेशलाई चित्त नबुझेर आएपछि ७३ नम्बर कानुनअनुसार अघि बढाइने गरिन्छ, आज रवि लामिछाने जिल्लाले मागेको धरौटी खारेजीको माग गर्दै आउनुभयो भने यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले उलाई थुनामै राख्न माग गर्दै आइसकेको छ अब आज दर्ता भएपछि भोलि नै पेशी जान्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This