काठमाडौं । अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की पदमुक्त भएका छन् । सर्वोच्च अदातलले आइतवार कार्की पदमुक्त भएको फैसला सुनाएको हो ।
न्यायधीश इश्वरप्रसाद खतिवडा,आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले अख्तियार प्रमुखमा नियुक्त हुन योग्यता नपुगेको भन्दै फैसला खारेज गरेको हो ।
‘प्रधान न्यायाधीशबाट लोकमान सिंह कार्कीलाई गराइएको प्रमुख आयुक्त पदको सपथलगायत निजलाई नियुक्ती गर्दाका सन्दर्भमा भएका काम कारवाहीहरुको उत्प्रेषणको आदेशद्धारा बदर हुने ठहर्छ’ फैसलामा भनिएको छ ।
त्यस्तै संविधान बमोजिम योग्यता पुगेका व्यक्तिलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफरिस र नियुक्ति गर्नु भनी विपक्षी मध्येका संवैधानिक परिषद र राष्ट्रपतिको कार्यलयको नाममा परमादेशको आदेश समेत जारी गरेको छ ।