काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मुल्य सामान्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत हप्ताको शुक्रबार प्रतितोला १लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ कायम भएको हो ।
यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले ओरालो लाग्दै १९ सय ८५ रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार चाँदी प्रतितोला १९ सय ९० रुपैयाँमा कारोबार भईरहेको थियो ।