Logo

सिद्धार्थ उद्योग बाणिज्य संघको उपाध्यक्षमा हरि थापा विजयी, नयाँ कार्यसमितिमा को-को चुनिए ?

सिद्धार्थ उद्योग बाणिज्य संघको उपाध्यक्षमा हरि थापा विजयी, नयाँ कार्यसमितिमा को-को चुनिए ?



काठमाडौं । सिद्धार्थ उद्योग बाणिज्य संघको ६६ औ साधारणसभा तथा अधिवेशनबाट उपाध्यक्षमा हरि थापा निर्वाचित भएका छन । शनिबार भएको निर्वाचनमा ७ सय ५१ मत सहित थापा निर्वाचित भएका हुन ।

मतदान प्रक्रियाका लागि २ हजार १ सय १२ जना मतदाता रहेपनि १ हजार ६ सय ७० मतदान भएको थियो । ११ मतान्तरले विजयी बनेका थापाको प्रतिद्वन्दीको रुपमा दिपक कुमार पौडलले ७ सय ४० यस्तै यमकला न्यौपानेले १५८ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत शिव गौडेलले जानकारी दिए । थापा गत चुनावमा वाणिज्य उपाध्यक्षमा ११ मतले हार व्यहोर्नुपरेकाे थियाे ।

२९ पदको कार्यसमितिमा अध्यक्ष सहित ११ पदमा निर्विरोध भएको थियो । बाकी १८ पदका लागि ३५ जनाको उम्मेदवारी रहेको थियो । पदाधिकारी तर्फ अध्यक्षमा नेत्र प्रसाद आचार्य, बरिष्ठ उपाध्यक्षमा दिलीप कुमार कान्दु, उपाध्यक्ष (उद्योग)तर्फ गोविन्द प्रसाद ज्ञवाली,, उपाध्यक्ष (कर्पोरेट)मा रोहित कुमार अग्रवाल, महासचिबमा कृष्ण प्रसाद घिमिरे, सचिबमा मंगल भण्डारी र कोषाध्यक्षमा कमल प्रसाद मरासिनी निर्विरोध भएका थिए । यस्तै सदस्य तर्फ कर्पोरेटमा २ पदका लागि विकास कुमार गोयन्का र अर्पित कुमार अग्रवाल, वस्तुगत सदस्यमा प्रितम कुमार रौनियार, महिला सदस्यमा विष्णु माया शर्मा पौडेल निर्विरोध निर्वाचित भएका थिए ।

यस्तै सह–कोषाध्यक्ष पदमा पल्लवी न्यौपानले ९ सय ४४ मत ल्याई निर्वाचित भईन भने उनका प्रतिद्वन्दी संजय बेरिवलले ६ सय ८३ मत ल्याए । वाणिज्य तर्फ महिला सदस्यका लागि मीना पन्थीले ९ सय २३ मत ल्याई निर्वाचित भईन भने उनका प्रतिद्वन्दी सुनयना के.सी.ले ५ सय ४० मत ल्याइन । उद्योग तर्फ खुला सदस्यमा ५ पदका लागि ९ जनाको उम्मेदवारी रहेकोमा कमल ज्ञवाली १०१२, अभिनव थापा ११७९, दिपेन्द्र पौडेल ९१२, ओम जैशी १०५५ र रचना क्षेत्री ८५९ मतका साथ विजयी भएका छन ।

खुल्ला वाणिज्य तर्फ १० पद सदस्यका लागि पूजा आचार्य १०४९, विशाल जैसवाल १०२१, अभिनव मयुर कसौधन ११५४, रमेश घिमिरे ९६४, धर्मराज आचार्य ९३१, प्रमोद कुमार रिजाल १०९९,अर्जुन कार्की, हरिश सेठिया ९३३, धर्मविर शर्मा ११८३ , गंगा सागर अग्रहरी ८६१ र प्रकाश रेग्मी ८६६ मतका साथ विजयी भएका छन ।

२९ पदको निर्वाचन हुने समितिमा निवर्तमान अध्यक्ष पदेन सदस्य रहने र ३ जना सदस्य(उद्योग, वाणिज्य, पर्यटन) मनोनित गरी ३३ जनाको कार्यसमिती रहने छ ।

प्रतिक्रिया दिनुहोस्