Logo

प्राधिकरण सीईओले भने लक्ष्य अनुसार काम भएको छ, स्वतन्त्र विज्ञबाट मुल्याङकन गर्न आग्रह

प्राधिकरण सीईओले भने लक्ष्य अनुसार काम भएको छ, स्वतन्त्र विज्ञबाट मुल्याङकन गर्न आग्रह


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आफुले लक्ष्य अनुरुप काम गरेको भन्दै सरकारलाई थप स्पष्टीकरण दिएका छन् । विभिन्न समस्याका बाबजुद पनि लक्ष्य अनुरुप काम गरेको भन्दै आफुलाई हटाउन पर्ने कुनै कारण नरहेको स्पष्ट पारेका छन् । ‘सामान्य प्रसाशन मन्त्रालयले समयमै कर्मचारी र अर्थ मन्त्रालयले समयमै रकम निकासा नगरेको खण्डमा समेत लक्ष्य अनुरुप काम सफल भएका छौं,’ उनले पेश गरेको स्पष्टीकरणमा उल्लेख छ, ‘लक्ष्य अनुरुप काम भइरहेको अवस्थामा हटाउनुपर्ने कुनै कारण छैन ।’

यदि सरकारलाई प्राधिरणले गरेको कामको विषयमा चित्त नवुझेमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्वतन्त्र विज्ञहरुको कमिटि बनाएर मुल्याङकन गर्न समेत आग्रह गरेका छन् । ‘हाल प्राधिकरणले कुन गतिमा काम गरेको छ र अन्रराष्ट्रिय रुपमा कुन स्तरमा काम हुन्छ सो विषयमा सोही अनुरुपको स्वतन्त्र विज्ञहरुको टोली बनाएर मुल्याङकन होस,’ स्पष्टीकरणमा उल्लेख छ । विभिन्न सरोकारवाल निकायले सहयोग नगरेको अवस्थामा समेत लक्ष्य अनुरुप काम भएको र आगामी दिनमा अझ द्रुत गतिमा काम हुने समेत उल्लेख गरेका छन् ।

गत शुक्रबार सीईओ ज्ञवालीलाई हटाउनु नपर्ने कारण सहित थप स्पष्टीकरण माग गरेको थियो । ज्ञवालीले पहिला पेश गरेको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै सरकारले पुनः अर्को स्पष्टीकरण माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्