Logo

प्रतितोला ५ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य उकालो

प्रतितोला ५ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य उकालो



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार बिहीबार प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँमा झरेको हो । यसर्थत आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले ओरालो लागेको छ ।

यस्तै आज चाँदीको मूल्य भने ५ रुपेयाँले बढ्दै १९ सय ९० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार नेपाली बजारमा चाँदी प्रतितोला १९ सय ८५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्