काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ९ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ६९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँ पुगेको हो ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढ्दै १९ सय ५० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदी प्रतितोला १९ सय ४० रुपैयाँमा कारोबार भईरहेको थियो ।