Logo

एकैदिन १४ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

एकैदिन १४ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ६९ हजार ५ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेर प्रतितोला १९ सय ४० रुपैयाँ पुगेको छ । यसअघि सोमबार नेपाली बजारमा चाँदी प्रतितोला १९ सय १५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्