Logo

वर्ल्डलिंकको नयाँ ग्राहक एवं सेवा नवीकरण गर्दा १० जनालाई आईफोन १६ उपहार

वर्ल्डलिंकको नयाँ ग्राहक एवं सेवा नवीकरण गर्दा १० जनालाई आईफोन १६ उपहार



काठमाडौं । दुरसञ्चार क्षेत्रको अग्रणी संस्था वर्ल्डलिंक कम्युनिकेशन्स लिंले नया ग्राहक एवं सेवा नविकरण गर्दा १० भाग्यशाली विजेतालाई आईफोन १६ उपहार दिने घोषणा गरेको छ । आफ्ना ग्राहक घरधुरी संख्या १० लाख पुग्न लागेको अवसरमा वर्ल्डलिंक कम्युनिकेशन्स लिंले नयाा सेवा एवं नविकरण गर्दा भाग्यशाली १ जनालाई हरेक दिन आईफोन १६ उपहार दिने घोषणा गरेको हो ।

१० लाख घर धुरीसम्म आफ्नो सेवा विस्ता र कम्तिमा ५० लाख नागरिकको संख्यामा सेवा पुगेकोमा आदारणीय ग्राहक महानुभावहरुको अतुलनीय योगदान रहेको वर्ल्डलिंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कम्पनीले प्रदान गर्दै आएको गुणस्तरीय सेवा र ग्राहकहरुको उल्लेख्य सहभागीताको छोटो समयमा नै हामी १० लाख घर धुरीमा पुग्न सफल भएका छौ, सो अवसरमा नयाा सेवा लिने र नविकरण गर्ने कम्तिमा १० जना सेवा ग्राहीलाई आईफोन १६ उपहार घोषणा गर्न पाउादा खुसी छौं, ।’

मेचीदेखि महाकालीसम्म हिमाल, पहाड र तराई सवै क्षेत्रमा वर्ल्डलिंकले आफ्नो सेवा विस्तार गरेको छ । मुलुकका ७४ जिल्लामा वर्ल्डलिंकले आफ्नो सेवा विस्तार गरेको छ । १० लाख घर धुरीसम्म आफ्नो सेवा विस्ता र कम्तिमा ५० लाख नागरिकको संख्यामा वर्ल्डलिंकको सेवा पुग्नु यसैको सफल उदारहण वर्ल्डलिंकले जनाएको छ ।

इन्टरनेट सेवालाई दुरदराज र ग्रामिण भेगमा थप विस्तारका लागि र आम नेपालीको पहुाचमा पुर्‍याउनका लागि पनि वर्ल्डलिंकले प्रतिवद्धता जनाएको छ । फागुन महिनाको अन्त्यसम्ममा १० लाख घरधुरी पुर्‍याउने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्