Logo

आज देशभरको मौसम मुख्यतया सफा रहने, तापक्रम विस्तारै बढ्दै जाने

आज देशभरको मौसम मुख्यतया सफा रहने, तापक्रम विस्तारै बढ्दै जाने



काठमाडौं । नेपालमा हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले मुख्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आइतबारदेखि देशभरि मौसम सफा छ ।

शुक्रबार र शनिबार पश्चिमी न्यूनचापीय प्रणालीको असरले अधिकांश भू–भागमा मौसम बदली र वर्षाको स्थिति थियो । आइतबारदेखि त्यो प्रणाली हटेपछि मौसममा सुधार भएको छ । सोमबार पनि मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाको आंकलन छ । मौसमविद डेविड ढकालकाअनुसार आज (सोमबार) पनि बिहानैदेखि अधिकांश भूभागहरूमा मौसम सफा छ ।

दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागमा आंशिक बदली हुने र बाँकी भू–भागमा मुख्यतय सफा रहने पूर्वानुमान छ । त्यस्तै राति सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमान छ । मौसम सुधारिएसँगै तापक्रम विस्तारै बढ्दै जाने उनले बताएका छन् । सोमबार काठमाडौंको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस मापन भएको छ । अधिकतम तापक्रम २३ देखि २५ डिग्री सेल्सियस रहने पूर्वानुमान छ ।

प्रतिक्रिया दिनुहोस्