काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य पुनः घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो ।
बुधबार प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ कायम भएको हो ।
यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढ्दै १९ सय ४५ रुपैयाँ कायम भएको छ । यसअघि बुधबार नेपाली बजारमा चाँदी प्रतितोला १९ सय ४० रुपैयाँमा कारोबार भईरहेको थियो ।