Logo

ऊर्जा मन्त्रीले व्यवसायीलाई भने, ‘ब्यूरोक्रेसी चलाउन उद्योग चलाए जस्तो सजिलो छैन’

ऊर्जा मन्त्रीले व्यवसायीलाई भने, ‘ब्यूरोक्रेसी चलाउन उद्योग चलाए जस्तो सजिलो छैन’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ऊर्जा मन्त्री जनार्दन शर्माले कर्मचारीतन्त्र चलाउन उद्योग व्यवसाय चलाउन जस्तो सजिलो नभएको बताएका छन् । देशमा समय समयमा सरकार परिवर्तन भइरहने हुँदा कर्मचारीले मन्त्रीले भनेको कुरा नै नमान्ने उनको गुनासो थियो । ‘अहिलेको कर्मचारी मन्त्रीको पद खुस्किन कतिदिन बाँकी छ भनेर औला भाचेर बसेका हुन्छन्,’ नेपाल उद्योग वाणिज्य महासंघसँगको अन्तरक्रिया कार्यक्रममा उनले भने ।

मन्त्रीले बनाएको योजनामा कर्मचारीले काम नगर्दा सुधार गर्न कठिन भएको उनको गुनासो थियो । ‘उद्योग व्यवसाय संचालन गर्दा बढीमा मजदुरले १÷२ दिन बन्द हड्ताल गरेर समस्या पार्ने हुन् व्यवस्थापनमा त्यति ठूलो समस्या छैन,’ उनले भने, ‘नेपालको कर्मचारीतन्त्रसँग काम लिन त्यसको तुलनामा एकदमै कठिन छ ।’ तर, कर्मचारीले जतिसुकै बाधा व्यवधान खडा गरेपनि आफु मन्त्रीपदमा रहेको अन्तिम दिनसम्म सुधारका काममा हस्ताक्षर गर्न लगाएरै छाड्ने उनले उद्घोष गरे ।

उचित व्यवस्थापनकै कारण देशमा लोडसेडिङ अन्त्य गर्न सम्भव भएको उनको भनाइ थियो । ‘नेपाल विद्युत प्राधिकरणामा कुलमानजीले कुशल व्यवस्थापन गरेकै कारण अहिले यो नतिजा आयो,’ उनले भने, ‘यदि कर्मचारी तन्त्रले सही तरिकाबाट काम गर्ने हो भने देश विकास गर्नु कुनै असम्भव कुरा होइन ।’ देशमा लोडसेडिङ बढाउन पनि कर्मचारी र व्यवसायीको मिलेमत्तो भएको जानकारी दिँदै आगामी दिनमा त्यस्ता गैरकानुनी काम गर्नेको दिन सकिएको उनको तर्क थियो ।

आफुले व्यवसायीका सवै जायज मागलाई अघि बढाएको जानकारी दिँदै आगामी दिनमा सहकार्य गरेर अघि बढ्नुको विकल्प नभएको बताए । ‘व्यवसायीले १ वर्ष उत्पादित बिजुली कहाँ बेच्ने भनेर चिन्ता गरिरहेका छन्,’ उनले भने, ‘तर, व्यवसायीहरुले जति विजुली उत्पादन गर्छन त्यो बेच्ने जिम्मा मेरो भयो ।’ मन्त्रालयले रिजर्भ जलविद्युत आयोजना तथा पिक आवरको छुट्र्ट मूल्य तोकेको जानकारी दिँदै आगामी दिनमा रन अफ दि रिभर भन्दा पनि त्यस्ता खालका बढी पैसा आउने आयोजना निर्माण गर्न व्यवसायीलाई आग्रह गरेका छन् । अबमा दिनमा नेपालको लक्ष्य भनेको १० वर्षमा २० हजार मेगावाट विजुली उत्पादन हुनुपर्ने समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL