Logo

कूलदेवताको पूजा गर्न स्याङ्जा पुगे पूर्वराजा शाह

कूलदेवताको पूजा गर्न स्याङ्जा पुगे पूर्वराजा शाह



स्याङ्जा । पूर्वराजा ज्ञानेन्द्र शाह स्याङ्जा पुगेका छन् । उनी आफ्नी बहिनी र छोरीका साथ सोमबार स्याङ्जा पुगेका हुन्। सोमबार उनीहरू वालिङ्मा बसेका हुन् ।

कालीगण्डकी गाउँपालिका-३ मा रहेको शाहबंशीय कुलमन्दिर आलमदेवीको पूजाका लागि यहाँ आएको शाहको सचिवालयले जनाएको छ ।

मंगलबार बिहान कुलदेवता आलमदेवी मन्दिरमा रुद्रीपुजनसहितको पुजाअर्चनापछि फर्किने बताइएको छ । वालिङमा स्वागतका लागि बसेका उनका समर्थकहरूले ’राजा आउ देश बचाउ’ भन्दै नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्