काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा आज मंगलबार सुनको मुल्य प्रतितोला ५ सयले बढ्दै १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको हो । यसअघि सोमबार नेपाली बजारमा चाँदी प्रतितोला १ लाख ७० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।
यस्तै आज चाँदीको मूल्य भने ओरालोलागेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार सोमबार प्रतितोला १९ सय ८५ रुपैयाँमा कारोबार भईरहेको चाँदी आज घट्दै प्रतितोला १९ सय ७० रुपैयाँ कायम भएको हो ।