काठमाडौं । पहिचानको नाममा ‘टुरिष्ट आन्दोलनकारी’का कारण पूर्वी नेपालको ताप्लेजुङ जिल्लामा रहेको पाथिभरामा निर्माण शुरु भएको केबलकारको विषयलाई लिएर थप अन्यौलता सिर्जना भएको छ । कुनै ठाउँमा पूर्वाधार विकास गर्दा उक्त परियोजनाबाट स्थानीय प्रभावित जनताले पाउनुपर्ने सेवा सुविधाको विषयमा बढी चासो हुनुपर्ने भएपनि टुरिष्ट आन्दोलनकारी (जो ताप्लेजुङका होइनन भएका पनि नेपाली नागरिकता त्यागेर विदेशमा बसोबास गर्दै आएका) का कारण अहिले आयोजना प्रभावित हुनुका साथै समग्र पाथिभारा क्षेत्र नै तनावग्रस्त बन्न पुगेको छ ।
अहिले पहिचानको मुद्दा लिएर वा केवलकारको विरोधमा आन्दोलन गर्नेमा त्यहाँका स्थानीय वा जिल्लावासी भन्दा पनि बाहिरी जिल्ला र नेपाली नागरिकता त्यागेर विदेशमा बसोबास गर्दै आएका गैर नेपाली नागरिकहरु बढी छन । केही समय अघि सरकारले गठन गरेको वार्ताटोलीमा समेत आन्दोलनकारीको तर्फबाट प्रतिनिधित्व गर्नेमा स्थानीय र ताप्लेजुङबासीभन्दा बाहिरका रहेका भन्दै स्थानीयस्तरबाटै विरोध भएको थियो ।
सामान्यतया कुनै परियोजना निर्माण गर्दा त्यहाँको प्राकृतिक स्रोत र साधन प्रयोग गरेबाट त्यसको केही हिस्सा स्थानीय जनताले पाउनुपर्छ भन्ने हो । सोहीअनुरुप सरकारले पनि स्थानीयस्तरमा कुनै पनि आयोजना निर्माण हुँदा त्यसको केही प्रतिशत सेयर स्थानीयको नाममा आईपीओमार्फत सुरक्षित गरिदिएको छ । तर, अहिले पाथिभार केवलकार निर्माणमा स्थानीयभन्दा बाहिरका टुरिष्ट आन्दोलनकारी हावी हुँदा त्यसले समग्र परियोजनाका साथै ताप्लेजुङ जिल्लाको पूर्वाधार विकासलाई नै पछि धकेलिलिएको सम्बद्ध पूर्वाधार विज्ञहरु बताउँछन ।
‘कुनै पनि ठाउँमा पूर्वाधार विकासका परियोजना निर्माण हुँदा त्यसले समग्र जिल्लाका लागि आर्थिक विकासको ढोका खुला गर्दछ,’ ती विज्ञले भने, ‘अहिले जसरी पहिचानको नाममा सम्बन्धित जिल्लाभन्दा बाहिर वा विदेशमा बसोबास गर्दै आएका व्यक्तिले आन्दोलन गर्दै आएका छन यदि त्यसलाई सरकारले नरोक्ने हो भने त्यसले पाथिभारा केवलकारका लागि मात्रै होइन समग्र देश विकासका लागि बाधक बन्ने छ ।’ यदि अबका दिनमा सरकारले पूर्वाधार विकास निर्माण कार्य रोक्न अराजक गतिविधी गर्ने व्यक्तिमाथि पक्राउ गरी कानूनी दायरामा नल्याउने हो भने त्यसले दीर्घकालमा ठूलो असर पुर्याउने समेत ती पूर्वाधारविद्को भनाई छ ।
कुनै पनि लगानीकर्ता अवसरको खोजीमा हुन्छन । त्यस्ता लगानीकर्ताले पाथिभारामा केवलबार बनाउन नसके अर्काे स्थानको खोजी गरेर लगानी गर्छन । तर, त्यसैगरी पहिचान र अन्य विषयलाई लिएर भाडामा मान्छे ल्याएर आन्दोलन गर्दै विकास निर्माणलाई रोक लगाउने परिपाटीको अन्त्य नगर्ने हो भने अन्य क्षेत्रमा पूर्वाधार विकासको काम हुँदा पनि सोही मनोवृत्ति मौलाउँदै जाने ती विज्ञको भनाई छ ।
कुनै समय नेपालको लाइफलाइनको रुपमा चित्रण गरिएको निजगढ विमानस्थल बन्न हुँदैन भन्दै विभिन्न स्वार्थ समुह हावी हुँदा अहिले देशको समग्र विकासलाई धक्का लागेको छ । अन्तरराष्ट्रिय ट्रान्जिट हबको रुपमा हेरिएको उक्त विमानस्थल निर्माणमा स्थानीय प्रभावितभन्दा पनि वातावरणको नाममा डलरखेती गर्दै आएका र विदेशमा बसोबास गर्ने गैर नेपालीले नै विरोधका चर्को आवाज निकालेका थिए । तराई–मधेश द्रुतमार्ग निर्माण हुँदा निजगढबाट काठमाडौं आउने सबैभन्दा छोटो दूरीमा बन्ने उक्त विमानस्थल नबन्दा अहिले स्थानीयबासी मात्रै नभई समग्र राष्ट्रको आर्थिक विकास नै पछि धकेलिएको छ ।
अहिले पाथिभारमा बन्दै गरेको केवलकार निर्माणमा रोक लगाउनका लागि शुरुवाती चरणमा नेपाली नागरिकता त्यागेर अमेरिकामा बसोबास गर्दै आएका महेन्द्र लावती, चन्द्र मादेनलगायतका व्यक्तिले उच्श्रृखल अभिव्यक्ति दिँदै नेपालीलाई आन्दोलित गराएका थिए । यस्तै बेलायती सेनामा रहेका मण्डल थेवेले पनि सोहीअनुरुप पहिचानको मुद्रा उठान गर्दै केवलाकार निर्माणको विरोध गरेका थिए भने कोरियाबाट फेसबुकमार्फत हेम्बुजम भन्ने व्यक्तिले गैरकानूनी अभिव्यक्ति दिँदै आएका छन । उनीहरुले अमेरिका, बेलायत, युएई, हंकङलगायतका मुलुकबाट पहिचानको नाममा उक्त आन्दोलन चर्काउन आर्थिक संकलन समेत गरे । जुन ताप्लेजुङका स्थानीय वासीको जीवनस्तर सुधारमा बाधक बन्ने निश्चित छ ।
अहिले विभिन्न नाममा नेपालभित्र पूर्वाधार विकास हुन नदिनका लागि विदेशमा बसोबास गर्दै आएका गैर नेपाली नागरिकहरु हाबी भएका छन । उनीहरुले विभिन्न समुहको स्वार्थमा नेपालको विकासलाई पछि धकेल्दै आएका छन । जो नेपालमा आफ्नो भविष्य नदेखेर नेपाली नागरिकता त्याग्दै परिवारसहित विदेश पलायन भएर सम्बन्धित देशको पर्माानेन्ट रेसिडेन्ट (पीआर) लिएर बसेका छन अहिले उनीहरु नै नेपालमा विभिन्न नाममा नेपालमा विकास हुनुहुँदैन भन्दै वातावरणीय, धार्मिक, सांस्कृतिक र जातीय मुद्दा उचालेर विरोध गर्दै आएका छन् ।
अहिले नेपालमै बसेर आन्दोलन गर्नेमा पनि अघिकांश व्यक्तिहरु ताप्लेजुङ जिल्ला बाहिरका रहेका छन । नाकाबन्दीमा भारततर्फ बसेर सीमानाका बन्द गरी ढुंगामुढा गर्दै आएका राजेन्द्र महतो अहिले पाथिभारामा केबलकार बन्नु हुदैन भन्दै पहिचानवादी आन्दोलनको नेतृत्व गर्न पुगेका छन् भने लामो समयदेखि जातीवादी आन्दोलन चर्काएर गैरकानूनी अभिव्यक्ति दिँदै आएका आङकाजी शेर्पा पनि सोही मोर्चामा सामेल भएका छन ।
पाथिभारमा केबलकार निर्माणका रोक लगाउँदै आन्दोलन गर्न जारी आन्दोलनकारीहरुमा सबैजसो बाहिरका व्यक्ति गरेको प्रहरीले सार्वजनिक गरेको तथ्यांकले देखाउँछ । यसैहप्ता आन्दोलनमा क्रममा प्रकाउ परेका १४ जनामध्ये १३ जना ताप्लेजुङ जिल्ला बाहिरका अर्थात टुरिष्ट आन्दोलनकारी रहेका छन । त्यसैगरी, केही समय अघि प्रहरीसँगको मुठभेडमा घाइते र सामाजिक सञ्जालमा तथानाम अभियान चलाउनेहरु पनि अधिकांश ताप्लेजुङ जिल्ला बाहिरकै छन् । अहिले उनीहरु त्यहाँ केवलबार निर्माण गर्दा पहिचानलाई असर गर्ने भन्दै अनावश्यक माग राखेर आन्दोलनमा उत्रिएका छन ।
कुनै समय शुद्ध हुनका लागि नुहाइने नदीलाई नाघ्न हुँदैन भनेर पुल नै नहाल्ने, पशुपतिनाथसहित मन्दिरै मन्दिरको सहर काठमाडौँ नाघिन्छ भनेर काठमाडौँको आकासमा जहाजै उडान हुन्न भन्ने आवाज पनि नउठेको होइन । यदि त्यहि मुर्खतामा उभिएको भए हामी अहिले पनि ढुंगे युगमै हुने थियौ । तर, कुनै परियोजना निर्माण गर्दा त्यस क्षेत्र या सम्पदा विशेषको पहिचान मेटाएर गर्नुपर्छ भन्ने पक्कै होइन । कुनैपनि बिकट मन्दिरमा पूर्वाधार पुर्याउँदा त्यसको पहिचान गुम्छ, त्यहाँ पहिले जसरी हिँडेर जाने गरिएको थियो, त्यसैगरी अहिले पनि हिँडेरै र तिनै पुराना बिसौनीमा बिसाउँदै जानुपर्छ भन्नु पुरातन सोचबाहेक केही होइन । तसर्थ पाथिभरा मन्दिरकै कुरा गर्दा जाने बाटोको केही तल काफ्लेपाटीसम्म स्करपियो गाडी चढेर जान हुने, हुने खानेहरु हेलिकप्टर लिएर मन्दिर परिसरमै ओर्लन मिल्ने तर त्यहाँबाट माथि केबलकारमा दर्शनार्थी जाँदा मन्दिरको पहिचान गुम्छ या हराउँछ भन्नेजस्ता कुतर्क पक्कै सही छैनन् ।