काठमाडौं । नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी हाई–टेक विक २०२५ गर्ने घोषणा गरेको छ । जुन इलेक्ट्रिक मोबिलिटी र अत्याधुनिक प्रविधिलाई मानिसहरुले कसरी अनुभव गर्छन् भन्ने कुरामा क्रान्तिकारी परिवर्तन ल्याउने यस प्रकारकै पहिलो इभेन्ट हुनेछ ।
द एभरेष्ट होटलमा आगामी फेब्रुअरी २७ देखि मार्च ४ (फागुन १५ देखि १८) सम्म आयोजना हुने सो इभेन्ट न्यु इनर्जी भेइकल्स (एनईभिज) र सस्टेनेबल इनोभेसनसँग साक्षात्कार हुने एक महत्वपूर्ण अवसर हुनेछ ।
मोबिलिटीको भविष्य सम्बन्धी एक महत्वपूर्ण कदम
बीवाईडी हाई–टेक विक २०२५ एउटा प्रदर्शनी मात्र नभई एउटा ल्यान्डमार्क इभेन्ट हुनेछ, जसले ईभी टेक्नोलोजी, एआई इन्टिग्रेसन र न्यु इनर्जी सोलुसनलाई एउटै छानामुनि ल्याउने छ । शिक्षा दिने, संलग्नता बढाउने र प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ डिजाइन गरिएको सो इभेन्ट औद्योगिक व्यवसायी, ईभी प्रयोगकर्ता, प्रविधि उत्साही र सामान्य व्यक्ति सबैका लागि पुग्नै पर्ने स्थल हुनेछ ।
इभेन्टका प्रमुख विशेषता
बीवाईडी हाई–टेक विक २०२५ को प्रमुख विशेषता यसप्रकार हुनेछ
– हाई–टेक इन्टर्याक्टिभ जोन : बीवाईडीको ब्लेड ब्याट्री टेक्नोलोजी, डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, ई–प्लेटफर्म ३।०, ड्युअल मोड अफरोड (डीएमओ), एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस), इन–कार एआई इनोभेसन लगायतका अत्याधुनिक प्रविधिको बारेमा जानकारी लिन ।
– नेक्स्ट–जेन भेइकल शोकेस : पर्फमेन्स र सस्टेनेबिलिटीका लागि क्रान्तिकारी रुपमा अगाडि बढिरहेका बीवाईडीका पछिल्ला मोडल र आगामी दिनमा उपलब्ध हुने मोडलको प्रत्यक्ष अनुभव गर्न ।
– लाइभ डेमो : स्मार्ट मोबिलिटीको भविष्यको झलक देखाउने गरी रियल–टाइम टेक्नोलोजी डेमोको प्रत्यक्ष अवलोकन गर्न मौका प्राप्त गर्न ।
– एक्सपर्ट टक र प्यानल डिस्कसन : पछिल्लो ईभी ट्रेन्ड र एनईभी टेक्नोलोजीको भविष्य वारेमा यो उद्योगका नेतृत्वकर्ता, इन्जिनियर र सस्टेनेबिलिटी एड्भोकेटहरुबाट महत्वपूर्ण जानकारी लिन ।
– विशेष प्रोडक्ट सार्वजनिक : अटोमोटिभ उद्योगको भविष्यलाई आकार दिने बीवाईडीका नयाँ एनईभी तथा आगामी दिनमा उपलब्ध हुने इनोभेसन अवलोकन गर्ने पहिलो अवलोकनकर्ता मध्ये एक बन्न ।
– पारिवारिक क्रियाकलाप : सबै उमेर समूहलाई उपयुक्त हुने प्रशस्तै क्रियाकलाप हुनेछन्, जसले परिवार मात्र नभई प्रविधिप्रति चासो राख्ने सबैका लागि रोमाञ्चक अनुभव प्रदान गर्नेछ ।
बीवाईडी हाई–टेक विक २०२५ ले जनचेतना प्रदान गर्ने, इनोभेसनलाई बढावा दिने र नेपालको मोबिलिटी भविष्यलाई अझै तीव्रता दिने लक्ष्य राखेको छ । अटोमोटिभ उत्साही, प्रविधि अन्वेषक र ग्रिन इनर्जी एड्भोकेट लगायत सबैका लागि सो इभेन्टले एक अनुपम अवसर प्रदान गर्नेछ, जहाँ मोबिलिटीको भविष्य वारेमा अध्ययन अन्वेषण गर्न सकिने छ ।