काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ५ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ७० हजार ८ सय रुपैयाँ पुगेको हो ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोाल १५ रुपैयाँले बढ्दै १९ सय ८५ रुपैयाँ कायम भएको छ । यसअघि आईतबार नेपाली बजारमा चाँदी प्रतितोाल १९ सय ७० रुपैयाँमा कारोबार भईरहेको थियो ।