Logo

ललितपुरको सिभिल होम्समा आगलागी

ललितपुरको सिभिल होम्समा आगलागी



ललितपुर । ललितपुरको सिभिल होम्सस्थित एक घरमा आगलागी भएको छ । आइतबार बिहान ललितपुरको सिभिल होम्सस्थित एक घरमा आगलागी भएको ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए ।

उनकाअनुसार उक्त घरको पुजा कोठामा बालेको दियोबाट आगलागी सुरू भएको थियो । महानगरको दमकलले आगो नियन्त्रणमा लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्