काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत हप्ता शुक्रबार प्रतितोला १ लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेकाे सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ पुगेको हो ।
यस्तै आज चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घट्दै १९ सय ७० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार नेपाली बजारमा चाँदी प्रतितोला १९ सय ९० रुपैयाँमा कारोबार भईरहेको थियो ।