Logo

घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ लाख ७० हजार रुपैयाँ कायम भएको छ । बिहीबार प्रतितोला १ लाख ७१ हजारमा खरिदबिक्री भएको सुन आज प्रतितोला १ हजार रुपैयाँले घट्दै १ लाख ७० हजार कायम भएको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेर १९ सय ९० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार नेपाली बजारमा चाँदी प्रतितोला १९ सय ९५ रुपैइाँमा कारोबार भईरहेको थियो ।

आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔंस सुन दुई हजार नौ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्