काठमाडौं । बीमा समितिको अध्यक्षमा चिरञ्जीबी चापागाईँ नियुक्त भएका छन् । सरकारले रिक्त रहेको सिमितिको अध्यक्ष पदमा उनलाई नियुक्त गरेको मुख्य सचिव डा. सोमलाल सुवेदीले बिजखबरलाई बताए ।
उनका अनुसार चापागाईँलाई अध्यक्षमा नियुक्त गरिएको सम्बन्धमा अर्थ मन्त्रालयमा समेत जानकारी पठाइसकिएको छ । ‘मन्त्रीपरिषद्को बिहीबारको निर्णय अनुसार चापागाईँलाई अध्यक्ष पदमा नियुक्त गरिएको हो,’ उनले भने ।
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महाराले अध्यक्ष पदका लागि ३ जनाको नाम सिफारिस गरेका थिए । जसमा चापागाईँ सहित डा. रविन्द्र घिमिर र रमेशकुमार भट्टराईको नाम सिफारिस भएको थियो ।