काठमाडौं । नेपाली बजारमा सुनको मुल्य प्रतितोला १ लाख ७० हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ६९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ कायम भएको हो ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर १९ सय ८५ रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदी प्रतितोला १९ सय ७० रुपैयाँमा कारोबार भईरहेको थियो ।