Logo

पुनः बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

पुनः बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार एकैदिन २ हजार ७ सयले घटेको सुनको मूल्य आज भने प्रतितोला १ हजार २ सयले बढ्दै १ लाख ६८ हजार ७ सय रुपैयाँ कायम भएको हो ।

यसअघि आईतबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ६७ हजार ५ सयमा कारोबार भईरहेको थियो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढ्दै १९ सय ७० रुपैयाँ कायम भएको छ । यसअघि आईतबार चाँदी प्रतितोला १९ सय ५५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्