Logo

कमलपोखरी मःम पसल ग्यास विस्फोटमा मृत्यु हुनेको संख्या चार पुग्यो

कमलपोखरी मःम पसल ग्यास विस्फोटमा मृत्यु हुनेको संख्या चार पुग्यो



काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित एक मःम पसलमा भएको ग्यास विस्फोट घटनामा घाइते भएका अर्का एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। यससँगै उक्त घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ।

काभ्रेको बेथानचोक गाउँपालिका, धुनखर्क घर भई हाल काठमाडौं कमलपोखरी बस्दै आएका २५ वर्षीय छिरिङ लामाको कीर्तिपुर बर्न अस्पतालमा गएराति करिब पौने १२ बजे उपचारका क्रममा मृत्यु भएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपील राज बोहोराले जानकारी दिएका छन्।

यसअघि, सोही घटनामा घाइते भएका उदयपुरगढी–७, उदयपुरका २२ वर्षीय प्रदीप तामाङको शुक्रबार मृत्यु भएको थियो। त्यस्तै, मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरको कटारी नगरपालिका–८ गालटारका २५ वर्षीय भीम बहादुर घले मगर (नवीन) को सोमबार उपचारका क्रममा मृत्यु भएको थियो।

यस ग्यास विस्फोट घटनामा परी चार जनाको मृत्यु हुनुका साथै १४ जना घाइते भएका थिए।

प्रतिक्रिया दिनुहोस्