Logo

सुनको मूल्य प्रतितोला ४ सयले बढ्यो, चाँदीको मूल्यमा पनि बढोत्तरी

सुनको मूल्य प्रतितोला ४ सयले बढ्यो, चाँदीको मूल्यमा पनि बढोत्तरी



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ६९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढ्दै प्रतिताेला १९ सय ७० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार चाँदी प्रतितोला १९ सय ६५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्