Logo

सुनको मूल्यमा २३ सयको वृद्धि, प्रतितोला १ लाख ६९ हजार ८ सय रूपैयाँमा कारोबार

सुनको मूल्यमा २३ सयको वृद्धि, प्रतितोला १ लाख ६९ हजार ८ सय रूपैयाँमा कारोबार



काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूलय २३ सय रूपैयाँले बढेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज २ हजार ३ सय रूपैयाँले घटेर १ लाख ६९ हजार ८ सय रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १९ सय ३० रुपैयाँ कायम भएकोमा आज ३५ रूपैयाँले बढेर १९ सय ६५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्