Logo

सेयर बजार झिनो अंकले बढ्यो, ८ अर्ब ७१ करोडको कारोबार

सेयर बजार झिनो अंकले बढ्यो, ८ अर्ब ७१ करोडको कारोबार



काठमाडौं । बुधबार साताको चौथो कारोबार दिन सेयर बजारमा झिनो अंकले सुधार आएको छ । बुधबार बजार १.८६ अंकले बढेर २६८५.७३ को विन्दुमा कायम भएको हो ।

आज नेप्सेमा कारोबार भएको ३०७ कम्पनीको १ करोड ५५ लाख २० हजार ५५९ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ७१ करोड ७८ लाख ४७ हजार रुपैयाँको कारोबार भएको छ ।

आज बजारमा सुधार आउँदा चार उपसूचक मात्र हरियाली भएको छ । गार्डियन माइक्रो लाइफको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, रिभरफल्स पावरको ८.०२ प्रतिशत, न्यादी हाइड्रोपावरको ७.५९ प्रतिशत, ग्रिन डेभलपमेन्ट बैंकको ७.४६ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया दिनुहोस्