काठमाडौं । सरकारले आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशकलाई सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिरिषद् बैठकले आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यलाई सामान्य प्रशासन मन्त्रालय तथा भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको हो ।
मन्त्रिपरिषद् बैठकले अर्थसचिव रामप्रसाद घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गरी सो स्थानमा घनश्याम उपाध्ययलाई ल्याउने निर्णय गरेको थियो ।
यस्तै अर्थ मन्त्रालयका सहसचिवहरु दीर्घराज मैनालीको सरुवा सूचना आयोगमा भएको छ भने नारायणप्रसाद रिसालको सरुवा गृह मन्त्रालयमा भएको छ ।