काठमाडौं । नेपाली बजारमा मंगलबार सुन प्रतितोला ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ कायम भएको हो ।
यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ३० रुपैयाँले घटेर १९ सय ४५ रुपैयाँ कायम भएको छ । यसअघि सोमबार नेपाली बजारमा चाँदी प्रतितोला १९ सय ७५ रुपैयाँमा कारोबार भईरहेको थियो ।