Logo

बालेनलाई अमरेशको चेतावनी : गरिबमाथि होइन, हिम्मत भए सिंहदरबारमा डोजर चलाउ

बालेनलाई अमरेशको चेतावनी : गरिबमाथि होइन, हिम्मत भए सिंहदरबारमा डोजर चलाउ



काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) को शैली जर्मनका तानशाह हिटलरको जस्तो भएको टिप्पणी गरेका छन् । उनले नाजीवादी शासनको परिकल्पना नगर्न बालेनलाई चुनौती समेत दिए ।

सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सांसद सिंहले कवाड व्यवसायीमाथि डोजर चलाएर काठमाडौंका मेयरले हिटलरको शैली अपनाएको आरोप लगाएका हुन् । ‘काठमाडौंको मेयर कुन तानाशाह भएर निस्केको छ ? नाजीवाद र फासीवादको शुरू हुन लागेको हो ?’ सांसद सिंहले भने, ‘हिम्मत छ भने संसद् भवन र सिंहदरबारमा डोजर चलाएर देखाउ, गरिबमाथि होइन ।’

संघीय राजधानी सबै जातजाति, भाषाभाषीको भएकोले बालेनले अत्याचार गर्न नपाउने उनले बताए । काठमाडौं महानगरले कवाड व्यवसायीमाथि हिजो गरेको हस्तक्षेपमा केही मजदुर घाइते भएका छन् । आफूहरूलाई विस्थापित गर्न लागेको भन्दै कवाड व्यवसायीले आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्