Logo

लगानीकर्ताको आन्दोलनदेखि वाइवाइको यूरोप यात्रा, यस्ताछन् साताका विजनेश इस्यु

लगानीकर्ताको आन्दोलनदेखि वाइवाइको यूरोप यात्रा, यस्ताछन् साताका विजनेश इस्यु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सेयर बजारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र नेपाल धितोपत्र बोर्ड (सेवाने) ले अनावश्यक चलखेल गरेको भन्दै लगानीकर्ताले आन्दोल गरे । उनीहरुले नेप्से परिसरमा विभिन्न माग राखी गरेको आन्दोलन साताभर चर्चामै रहयो ।

यसैगरी नियामक निकाय सेवोन र नेप्सेबीच बढेको टकरावले पनि मिडियामा राम्रै स्थान पाउन सफल भयो । लगानीकर्ताले यी दुई निकायलाई सेयरको इनसाइडर ट्रेडिङ गरेको तथा बजारमा विकासमा कुनै पहल नगरेको आरोप लगाउँदा दुई संस्थाबीच विज्ञप्ती नै जारी गरेर प्रतिवादमा उत्रिन वाध्य भए ।

नेप्सेको अनलाईन ट्रेडिङको विषयमा लिएर उच्च अदालतमा विचराधिन अवस्थामा रहेको मुद्दाले पनि मिडियामा आफ्नो स्थान जमाउन सफल रहयो ।

माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनाको आयोजना विकास सम्झौता (पीडीए) गर्दा प्रचलित लागतभन्दा दोब्बर बढी मूल्यमा गरिएको सो सम्झौताले पनि केही हदसम्म चर्चा कमायो भने त्रिभुवन विमान स्थलको धावनमार्ग निर्माणका लागि गरिएको पुनः बोलपत्र आब्हानले पनि मिडियामा राम्रै स्थान पाएको छ ।

व्यवसायीक घराना चौधरी ग्रूपले यूरोपमा वाइवाइ चाउचाउको प्लाण्ट स्थापना गर्नु पनि मिडियाको लागि राम्रै विषयबस्तु बन्न पुग्यो भने माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा पूर्व लडाकुहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाले सेयर दिन ल्याएको प्रस्तावलाई संसदहरुले विरोध गर्नुलाई पनि मिडियाले प्राथकिताका साथ प्रकाशित गरेका छन् ।

यसै हप्ता स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपालले पनि नयाँ नेतृत्व पाएको छ । निजी ऊर्जा उत्पादकहरुको नेतृत्व गर्ने सो संस्थाको अध्यक्षमा शैलेन्द्र गुरागाई चयन भएका छन् ।

लामो समयदेखि अड्किएको नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकलगायत विभिन्न ४ विकास बैंकको मर्जरलाई राष्ट्र बैंकले एकिकृत कारोवारको अनुमति दिनुलाई पनि मिडियाले प्राथमिकता दिएका छन् ।

यो साता पनि सेयर बजारमा भएको उत्तरचढाले मिडियामा राम्रै स्थान पायो । दैनिक झण्डै ३ प्रतिशतसम्मको गिराव आएको बजारलाई मिडियाले उच्च प्राथमिकता दिएका थिए । यसैगरी नेपाल टेलिकमले नेपालमै पहिलो पटक भोलीदेखि शुरु गर्न लागेको फोरजी सेवा पनि यो साताभर चर्चामै रहयो ।

प्रतिक्रिया दिनुहोस्