काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ पुगेको हो ।
यस्तै आज चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँले घट्दै १९ सय ६० रुपैयाँ कायम भएको छ । यसअघि गत शुक्रबार नेपाली बजारमा चाँदी प्रतितोला १९ सय ८५ रुपैयाँमा कारोबार भईरहेको थियो ।