काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाँचौं संस्करणको इमर्जिङ एसिया अवार्डमा तीन विधामा अवार्ड जित्न सफल भएको छ । कम्पनीले सर्वश्रेष्ठ जीवन बीमा अवार्ड, बीमा विस्तारमा उत्कृष्ट रणनीति अवार्ड र बीमा नेतृत्वमा महिला गरि तीन विधाको अवार्डमा जित्न सफल भएको हो ।
यस प्रतिष्ठित अवार्डमा स्वतन्त्र तथा विशिष्ट निर्णायकले निर्णय गरेको थियो । यस कार्यक्रमले आई एम ई लाइफ इन्स्योरेन्सको ग्राहक(केंद्रित सेवाहरू, नवप्रवर्तनकारी रणनीतिहरू र सहभागितामुलक नेतृत्वको कदर गरेको छ । नेपालभित्र बीमा सचेतना फैलाउने, आधुनिक प्रविधिमैत्री सेवा प्रदान गर्ने तथा महिलाहरूलाई बीमा नेतृत्वमा सशक्त बनाउने हाम्रो उद्देश्यलाई यस अवार्डले थप प्रोत्साहन गरेको छ ।
कार्यक्रममा नेपालबाट प्रतिनिधित्व गरी आईएमई लाइफका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का प्यानल डिस्कसनमा वक्ताका रुपमा सहभागी ePsf lyP pgLसFu} जिम विचर्डले आफ्नो २८ वर्षभन्दा बढी विश्वव्यापी अनुभव र बीमा उद्योग तथा चुनौती र सकारात्मक पक्षहरूमाथि प्रकाश पारे । कार्यक्रममा डा राजीव सिंह, डाइरेक्टर जनरल डीजी आइसिसी, अतनु सेन, जिम बिचर्ड ग्लोबल इन्स्योरेन्स लिडर पि डब्लु सि ले विशेष सम्बोधन गरेका थिए ।