Logo

हमासले आज थप तीन बन्धक छाड्दै, अझै परेनन् विपिन जोशी

हमासले आज थप तीन बन्धक छाड्दै, अझै परेनन् विपिन जोशी



काठमाडौं । हमासले आज (शनिबार) गाजाबाट थप तीन बन्दी रिहा गर्ने भएको छ । उनीहरु तीनै जना पुरुष हुन् । जसमा ५२ वर्षीय एली शराबी, ५६ वर्षीय ओहद बेन अमी र ३४ वर्षीय ओर लेवी छन् । नेपाली विद्यार्थी विपिन जोशी यस पटक पनि छाडिनेको सूचीमा पर्न सकेनन् ।

विपिनको रिहाइका लागि नेपाल सरकारले कुटनीतिक माध्यमबाट विभिन्न पहल गर्दै आइरहेको छ । विपिनको परिवार छोराको सकुकल रिहाइको प्रतिक्षामा छन् । एलीलाई उनका भाइसँगै किबुत्जबाट लगिएको थियो । भाइको मृत्यु भएको पुष्टि भइसकेको छ । युद्धका दौरान एलीकी पत्नी ब्रिटेन मूलकी लियान दुई छोरी नोइया र याहेल मारिएका छन् । १९ जनवरीबाट युद्धविराम लागू भएपश्चात १८ बन्धक मुक्त भएका बताइएको छ ।

यसको बदलामा इजरायलले १८३ प्यालेस्टाइनी कैदी रिहा गर्नेछ । तीन साताको समयमा युद्धविरामको पहिलो चरण अन्तर्गत लगभर ३३ बन्धक तथा १९ सय कैदीलाई मुक्त गरिसक्नु पर्नेछ । इजरायलले ३३ जनामा आठ पहिल्यै मरिसकेको जिकिर गरेको छ । हमासले ७ अक्टुबर २०२३ मा इजरायलमा आक्रमण गरेर २५१ बन्धकलाई पक्रिएको थियो । उसले १२ सय जना मारेको थियो भने जुन विन्दुबाट युद्ध सुरु भएको थियो । गाजामा हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा ४७ हजार ५०० जना प्यालेस्टाइनी मारिएका छन् ।

प्रतिक्रिया दिनुहोस्