Logo

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । पछिल्ला तीन दिनदेखि लगातार बढिरहेको सुनको मूल्य साताको छैटौं दिन शुक्रबार भने ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज सुन प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य तोलाको एक लाख ६८ हजार एक सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदी प्रतितोला १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार हुँदा हिजो तोलाको एक हजार नौ सय ८० रुपैयाँ थियो। यसरी हेर्दा चाँदीमा आज पाँच रुपैयाँ बढेको छ।

प्रतिक्रिया दिनुहोस्