Logo

यसकारण अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने निर्णयबाट ‘ब्याक’ भयो सरकार

यसकारण अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने निर्णयबाट ‘ब्याक’ भयो सरकार



काठमाडौं । संघीय संसदमा सरकारले ल्याएका ६ वटा अध्यादेशहरू आज (बिहीबार) निर्णयार्थ पेस नहुने भएका छन्। राष्ट्रियसभामा देखिएको अंक गणित र जसपा नेपालसँगको छलफल बाँकी भएको भन्दै आज निर्णयार्थ पेस नहुने भएको स्रोतले जानकारी दिएको छ ।

अब सरकारले माघ १८ गते पेस गरेको ६ वटा अध्यादेश पेस गर्ने सूची राष्ट्रियसभाबाट हट्ने भएको छ । उक्त बैठकमा सहभागी कानुनमन्त्री अजयकुमार चौरसियाले सरकारले सहमतिको प्रयास गरिरहेकाले कार्यसूचीबाट हटाउन आग्रह गरेका थिए ।

‘अध्यादेशसम्बन्धि प्रस्ताव पेस गर्ने कार्यसूची हटाइएको छ,’ राष्ट्रियसभा सदस्य बेदुराम भुसालले भने, ‘सरकारले सहमतिको प्रयास जारी रहेको भन्दै हटाउन प्रस्ताव गरेपछि हटाउने सहमति भयो ।’ प्रतिनिधिसभामा कांग्रेस र एमालेसहितको बहुमत भए पनि राष्ट्रियसभामा भने जसपा नेपाल निर्णायक छ । जसपा नेपाल अध्यादेशको पक्षमा नउभिए अध्यादेश निष्क्रिय हुनेछ ।

प्रतिक्रिया दिनुहोस्