काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको छ । यसअघि बुधबार प्रतितोला १ लाख ६६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँ कायम भएको हो ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढ्दै १९ सय ८० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार नेपाली बजारमा चाँदी प्रतितोला १९ सय ७५ रुपैयाँमा कारोबार भईरहेको थियो ।