Logo

सरकारले ऋण नै लिनु हुँदैन भन्ने चिन्तन विकास विरोधी हो : महासचिव पोखरेल

सरकारले ऋण नै लिनु हुँदैन भन्ने चिन्तन विकास विरोधी हो : महासचिव पोखरेल



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले केपी ओलीले मुलुकलाई ऋणको पासोमा डुवाए भनेर हल्ला गरिएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले ऋण नै लिन हुँदैन भन्ने चिन्तन विकास विरोधी कुरा भएको टिप्पणी गरेका छन् ।

नेपाल दक्षिण एशियामै कम सरकारी ऋण भएको मुलुक भएको उल्लेख गर्दै महासचिव पोखरेलले ऋण नै लिनु हुदैन भन्ने चिन्तन विकास विरोधी भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्- राज्य र ऋणको कुरा

नेपालमा केही वर्ष देखि सरकारी ऋणको विषयमा बहस सुरु भएको छ । नेपाललाई ऋणको पासोमा डुवाएको आरोप लाग्ने गरेको छ । आय र व्ययका विचमा सन्तुलन क़ायम गर्न आन्तरिक र वाह्य ऋण लिने प्रचन सबैतिर हुन्छ । तर त्यसको सदुपयोग कि दुरुपयोग भन्ने विषय मुख्य कुरा हो । ऋण नै लिनु हुदैन भन्नु नेपाललाई सदैव पछि धकेल्ने कोशिस हो । यो प्रकारको चिन्तन विकास विरोधी हो । अझ आफुलाई विकासको हिमायती र योजनाकारका रुपमा चित्रण गर्नेहरुले नै ऋणको त्रास सिर्जना गर्नु त झनै उदेक लाग्दो कुरा हो ।

अमेरीकामा कुल गार्हस्थ उत्पादनको १२५ प्रतिसत माथिको सरकारी ऋण भएको मुलुकोमा पर्दछ । जापानमा सरकारी ऋण कुल गार्हस्थ उत्पादन भन्दा २३६ प्रतिसत भन्दा वढि छ । जबकी नेपालमा सरकारी ऋण कुल गार्हस्थ उत्पादनको ४० प्रतिसतको हाराहारीमा मात्र छ । तर नेपाल ऋणमा डुव्यो । केपी ओलीले मुलुकलाई ऋणको पासोमा डुवाए भनेर हल्ला गरिदैछ । तर नेपाल दक्षिण एशियामै कम सरकारी ऋण भएको मुलुक पर्दछ ।

तर नेपालको भन्दा कयौ गुणा वढि सरकारी ऋण भएका मुलुकहरुमा नेपालमा जस्तो सरकार ऋणमा डुव्यो भनेर हल्ला गरेको सुनिदैन ।तिव्र विकास र ठुला पूर्वाधार निर्माणका लागि सरकारले ऋण लिएर श्रोत जुटाउनु स्वभाविक नै मानिन्छ । तर त्यस्ता आयोजनाहरु मुलुकको अर्थतन्त्रको विकास र प्रतिफल दिने खालको भने हुनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्