काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशिल देव सुवेदी नियुक्त भएका छन् ।
कार्य सम्पादन मूल्याकंनमा सबैभन्दा धेरै नम्बर प्राप्त गर्दै सुवेदीले प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी हात पारेका हुन् ।
कार्यकारी निर्देशक बन्न सुवेदी संगै अन्य दुई निर्देशकहरु कमल रेग्मी र पुजन ढुङ्गेल पनि प्रतिस्पर्धामा थिए । राजुरमण पौडेलले अवकाश पाएपछी प्राधिकरणमा कार्यकारी निर्देशक पद रिक्त थियो । अहिले प्राधिकरणमा अध्यक्ष नियुक्तिको प्रक्रिया पनि अघि बढेको छ ।