Logo

एकैदिन २२ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

एकैदिन २२ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य एकैदिन प्रतितोला २ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ६६ हजार ९ सय पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले बढ्दै १९ सय ७५ रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदी प्रतितोला १९ सय ३० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This