Logo

काठमाडौं उपत्यकाका यी क्षेत्रमा आज पाँच घण्टा बिजुली जाने

काठमाडौं उपत्यकाका यी क्षेत्रमा आज पाँच घण्टा बिजुली जाने



काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज (बुधबार) पाँच घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ।नेपाल विद्युत् प्राधिकरणका अनुसार आज बालकुमारी, इमाडोल र लुभु वरिपरिका क्षेत्रमा विद्युत् आपूर्ति हुने छैन ।

प्राधिकरणका अनुसार बिहान ११ देखि अपराह्न ४ बजेसम्म विद्युत् सेवा बन्द हुनेछ । विद्युत् लाइन भूमिगत गर्ने कार्यका निम्ति बिजुली आपूर्ति बन्द गरिने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This