काठमाडौं । यस फाउन्डेसन र इष्ट पोल माद्यमिक विद्यालय बीचको सहकार्यमा माघ२१ मा यस वर्षको काठमाडौं उपत्यकाव्यापी माध्यमिक विद्यालय स्तरीय कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रम वरिष्ठ कवि प्रभा भट्टराईको प्रमुख आतिथ्यता तथा फाउन्डेसनका अध्यक्ष शान्ता शिवाकोटीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रमका विशेष अतिथिमा अभिनभ साहित्य समाजका अध्यक्ष गोविन्द वेदमणी घिमिरे थिए भने श्री रत्न राज्य माध्यमिक विद्यालयका पूर्व प्राचार्य डा गीता शिवाकोटी, पाटन उच्च अदालतका पूर्व न्यायाधिस शेषराज शिवाकोटी तथा पद्मकन्या माद्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक ईश्वर सापकोटा कार्यक्रमको अतिथि रहेका थिए ।
प्रतियोगितामा उपत्यका भित्रका विभिन्न विद्यालयका कूल २८ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो। प्रतियोगिताको मूल्यांकन समितिमा डा मधुसुदन लामिछाने, डा रमेश लुइटेल सुभेच्छुक र भावकेशर बराल रहेका थिए । प्रतियोगितामा देहायका प्रतियोगीहरु विजेता भएका छन् ।
प्रथम स्थान:
प्रतियोगी: प्राग्यिक खतिवडा
विद्यालय: उज्ज्वल तारा विद्यालय
कविता: मेरो देश
द्वितीय स्थान:
प्रतियोगी: संस्कृति पौडेल
विद्यालय: रिपुमर्दिनी सैनिक महाविद्यालय
कविता: मेरो देश मेरो प्राण
तृतीय स्थान:
प्रतियोगी: पंकज विनाडी
विद्यालय: श्री नेपाल वेद विद्याश्रम संस्कृत माध्यमिक विद्यालय
कविता: के छैन नेपालमा
प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नुहुने बिजेता विद्यार्थीहरुलाई पुरस्कार स्वरुप प्रमाणपत्र र पुरस्कार राशि क्रमशः रुपैयाँ २०,०००/-, १५,०००/- र १०,०००/- प्रदान गरियो। साथै, सान्त्वना पुरस्कार प्राप्त गर्ने प्रतियोगीहरुलाई प्रमाणपत्र र पुरस्कार राशि रुपैयाँ १,०००- प्रदान गरियो।