Logo

यी हुन मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु

यी हुन मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु



काठमाडौं । माघ २१ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सरकारले सार्वज्निक गरेको छ । सरकारका प्रवक्त एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गरेका हुन् ।

सार्वजनिक निर्णय अनुसार सरकारले २०८२ जेठ पहिलो साता काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले २०८२ जेठ २, ३ र ४ गते काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाभित्रका सम्बन्धित मुद्दाको कामकारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित काठमाडौं उपत्यका मुकाम रहनेगरी उपभोक्ता अदालत गठन गर्ने निर्णय भएको उनले जानकारी दिए ।

बैठकले बालसुधार गृह भक्तपुर, मोरङ र कास्की तथा बाँकेको सञ्चालन र व्यवस्थापनको लागि महिला बालबालिका मन्त्रालय र न्यूनतम सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रमबीच भएको सम्झौताको अवधि २०८२ असार मसान्तसम्मका लागि थप गर्ने निर्णय गरेको छ । सहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालन हुने कार्यक्रमहरूका लागि चालु आर्थिक वर्षमा अधिकृतस्तरका थप १० अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए ।

बैठकले विश्वविद्यालय अनुदान आयोग आर्थिक कार्यविधि नियमावली, २०८१ स्वीकृत गरेको छ भने आन्तरिक नियन्त्रण प्रणाली दिग्दर्शन, २०८१, विशेष आर्थिक क्षेत्र (दास्रो संशोधन) नियमावली २०८१ स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्