Logo

रवि लामिछानेमाथि अर्को संकट : सहारा सहकारी ठगीमा चितवनमा मुद्दा दर्ता, ५६ करोड बिगो माग

रवि लामिछानेमाथि अर्को संकट : सहारा सहकारी ठगीमा चितवनमा मुद्दा दर्ता, ५६ करोड बिगो माग



काठमाडौं । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध मुद्दा दायर भएको छ । मंगलबार चितवन जिल्ला अदालतमा चितवन सहारा सहकारी ठगीमा उनीहरु विरुद्ध मुद्दा दायर भएको हो ।

यसअघि असोज ८ गते दर्ता भएको पहिलो मुद्दामा १७ जना प्रतिवादी थिए । रवि लामिछाने किटान गरिएको थिएन । आज दर्ता भएको मुद्दामा रवि लामिछानेसहित १५ जना प्रतिवादी छन् भने गोर्खा मिडिया प्रालि, साहरा बचतसहित ६ वटा संस्था छन् ।

प्रहरीको अनुसन्धान प्रतिवेदनमा यो सहकारीको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको उल्लेख छ । सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने राय प्रहरीको छ ।

यसअघि पूर्व उपप्रधान तथा गृहमन्त्री रहेका लामिछाने तीन वटा अदालतमा २ करोड २५ लाख धरौटी बुझाएर छुटेका थिए । पोखराको सूर्यदर्शन सहकारी ठगीमा ६५ लाख धरौटी तिरेका रविले काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा ६० लाख र रुपन्देहीको सुप्रिम सहकारी ठगीमा १ करोड धरौटी बुझाएका थिए । अब उनीविरुद्ध पर्साको हाम्रो सानोपाइला सहकारी ठगीमा मुद्दा दर्ता हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्