काठमाडौं । गत हप्ताको शुक्रबारयता सोमबारसम्म लगातार स्थिर मूल्यमा कारोबार भईरहेको सुनको मूल्य आज एकाएक प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो ४ दिनदेखि प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज एकाएक बढेर प्रतितोला १ लाख ६४ हजार ७ सय रुपैयाँ कायम भएको हो ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेर प्रतितोला १९ सय ३० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार नेपाली बजारमा चाँदी प्रतितोला १८ सय ९५ रुपैयाँमा कारोबार भईरहेको थियो ।