काठमाडौं । बुधवार नेप्से परिसुचक ५ दशमलव ६२ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ४ सय १३ दशमलव १५ अंकमा पुगेर बन्द भएको हो ।
कारोवारमा आएका सवै समुह उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको हो । सो दिन होटल समुहको परिसुचक सबैभन्दा बढी ३९ दशमलव ४५ अंकले बढेको छ ।
त्यस्तै जलविद्युत ३० दशमलव ७१, वीमा २९ दशमलव ७१ र विकास बैंक १२ दशमलव २५ अंकले उकालो लागेको छ । त्यसैगरी फाइनान्स ३ दशमलव ५६ र सेयर बजारमा सवैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुह २ दशमलव ६८ अंकले बढेको छ । बुधवार अन्य समुह ० दशमलव ५८ अंकले उकालो लागेको छ ।
आज १ सय २८ ओटा कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको १४ लाख कित्ता सेयरबाट ४६ करोड १२ लाखको कारोवार भएको छ ।