Logo

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा सामान्य गिरावट

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा सामान्य गिरावट



काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत हप्ताको शुक्रबार प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज पनि सोही मूल्यमै कारोबार भईरहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेर १९ सय १० रुपैयाँ कायम भएको छ । यसअघि गत शुक्रबार नेपाली बजारमा चाँदी प्रतितोला १९ सय १५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्